काठमाडौं, १२ चैत । श्री एयरलायन्सको चरम लापरबाहीले झण्डै ७० जनाको जीवनसँग खेलवाड गरिएको छ ।
मगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकबाट काठमाडौंबाट भद्रपुरका लागि बिग्रेको हवाइजहाजमा ७० जना यात्रु बोकेर श्री एयरलाइन्सले उडान भर्न लगाएको थियो ।
श्री एयरलायन्सको एसएचए ९४१ नम्बरको हवाइजहाज उडान भरेको १० मिनेटमै चालकले समस्या देखिएको भनेर यात्रुहरुलाई सूचना दिएका थिए ।
करिब डेढ घन्टासम्म आकाशमै हवाइजहाजलाई नियन्त्रण गर्दै चालकले ठूलो दुर्घटनाबाट जोगाएका हुन् । चालकको बुद्धिमताका कारण आज ७० जनाको ज्यान जोगिएको हो ।
डेढ घन्टासम्म आकाशमै मृत्यु र जीवनको संघर्ष गरेका यात्रुहरु जब सुरक्षित फेरि काठमाडौं अवतरण गरे त्यसपछि थाहा भयो कि बिग्रेको जहाजमा उडान भर्न लगाइएको थियो ।
आक्रोशित यात्रुहरुले जहाजका मालिकलाई बोलाउन आग्रह गरेपनि मालिक यात्रुहरुसँग सामान्य माफी पनि माग्न पुगेनन् । विमानस्थलमा रहेका सुरक्षाकर्मीहरुसमेत नपुगेको गुनासो यात्रु नरेश साहले गरेका छन् ।
तपाईको प्रतिक्रिया