शिव मन्दिर निर्माण कार्य तीव्र

समाचार

12/15/2018

रौतहट, २८ मंसिर । गौर नगरपालिका वडा नम्बर १ मा निर्माणाधीन शिव धाम मन्दिरको निर्माण कार्य तीव्र गतिमा अगाडी बढिरहेको छ ।

तीन महीना अगाडी वडा अध्यक्ष भरत साहले पुरानो शिव मन्दिरलाई नयाँ ढंगबाट जीर्णोद्वार गर्ने उद्देश्यले शिलान्यास गरेका शिवधाम मंदिरको निर्माण कार्य तीव्र रुपमा अगाडी बढ़ाइएको छ ।

भगवान शंकर तथा माता पार्वतीको छुट्टाछुट्टै मंदिर निर्माण भई रहेको वड़ा अध्यक्ष साहले बताएका छन् ।

वडास्तरीय बजेट योजनाअन्तर्गत निर्माण भैरहेको मन्दिरको चाडै निर्माण कार्य सम्पन्न गराउने लक्ष्यको साथ धमाधम कार्य भैरहेको वडा अध्यक्ष साहले जनाए ।

आफ्नो वडाको विकास गराउने कार्यको साथ साथ शिक्षामा सुधार ल्याउने तत्पर रहेका साहले बालिकाहरुको कम्प्यूटर शिक्षामा सक्रियता देखाइरहेका छन् ।

पाँचौ सत्रको लागि नामांकन भइसकेको भन्दै ३ महीने कम्प्यूटर तालीमको अगामी सत्र पौष १ गते देखि सञ्चालन हुने बताएका छन् । स्वास्थ्य, सरसफाईको क्षेत्रमा राम्रो कार्य गर्दै आएका साहले वडाको विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

बालिकाहरुलाई शिक्षित बनाउनु जरुरी रहेको भन्दै बालिका शिक्षित भए समाज परिवार शिक्षित हुने धरना राखे । गरीब असाय बालबालिकाहरुको लागि निजी स्रोतबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

शान्त स्वभाव र उच्च विचारका व्यक्तित्व रहेका वडा अध्यक्ष साह विकासप्रेमी रहेको वडाबासीहरुको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ