राजविराज, १९ असार । प्रदेश २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले संघर्षको चेतावनी दिएको छ ।
राजविराजमा पत्रकार सम्मेलन गरी शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले भेदभावपूर्ण व्यवहार नरोके संघर्षको सामनाका लागि तयार रहन चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीकी अध्यक्ष शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी रीता चौधरीले प्रदेश २ सरकारबाट मधेश आन्दोलनका सहिद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका सहिदको उपेक्षा गरिरहेकोले आन्दोलनको विकल्प नभएको बताइन् ।
पछिल्लो पटक प्रदेश २ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैंसी वितरण गरेको तर अरु आन्दोलनका सहिदका परिवारलाई विभेद गरेको उनको आरोप छ ।
तपाईको प्रतिक्रिया