शहीद दुर्गानन्द अस्पतालको काम सुरु

समाचार

5/13/2019

जनकपुरधाम, २९ बैशाख । शहीद दुर्गानन्द झा अस्पतालको कार्य थालनी भएको छ । धनुषाको नगराइन नगरपालिका वडा नं. २ स्थित जटहीमा १० वर्ष पूर्वदेखि छुट्याएर राखिएको जग्गा घेरवार गर्नका लागि कार्य संघीय संसद राजेन्द्र महतोले पहिलो चरणमा पर्खाल निर्माणको कामको थालनी गरेको छ ।

वर्षौदेखि शहिद दुर्गानन्द झाको जन्मथलोमा उनको नाममा अस्पताल निर्माणका लागि स्थानीयवासीले देखेको सपना बल्ल साकार हुने भन्दै स्थानीयवासीहरु समेत खुसी भएका छन् ।

धनुषाको क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास कोषबाट ५० लाख रुपैयाँको लागतमा शहीद दुर्गानन्द झाको अस्पतालको पर्खाल संरचनाको कार्य सुरु भएको उपभोक्ता समितिका कोषाध्यक्ष रोहित चौधरीले जानकारी दिए ।

तत्काल अस्पतालको पर्खालले घेर्ने कार्य मात्रै भएकाले पूर्वाधार लगायत अन्य संरचनाका लागि पनि स्थानीयवासीहरुकै पहलमा हुने भएकाले प्रथम चरणमा अस्पतालको जग्गा घेरेर सुरिक्षत गर्ने कार्य भईरहेको यस उपभोक्ता समिति कोषाध्यक्ष रोहित चौधरीले बताए ।

दुर्गानन्द झाले तत्कालिन समयमा जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आएका राजा महेन्द्र शाह माथि बम प्रहार गरेका थिए । बम प्रहारको आरोपमा उनलाई मृत्यूदण्डको सजाय दिइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ