साइकल अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

समाचार

6/7/2019

कपिलवस्तु, २४ जेठ । कपिलवस्तु नगरपालिका १२ मा साइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

बर्गदीपुलस्थित सडकमा सोही नगरपालिका बेलभरिया बस्ने १७ बर्षीय साकिर डफाली सवार साइकल शुक्रबार बिहान आफैं अनियन्त्रित भई पल्टेको थियो ।

साइकल पल्टिँदा घाइते भएकाले जिल्ला अस्पताल तौलिहवामा लगिएकोमा उपचारको क्रममा डफालीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ