साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश स्वदेश फर्के

समाचार

1/22/2020

काठमाडौं, ८ माघ । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवले अन्ततः पुनर्जीवन पाएका छन् । १४ वर्षपछि उमेश यादव स्वदेश फर्केका छन् ।

उमेशको मृत्युदण्डको मितिसमेत तोकिइसकेको थियो । तर, सामाजिक अभियन्ता सरोज रायका कारण उमेशले पुनर्जीवन पाएका हुन् ।

मृत्युदण्डको बदला साउदी सरकारले ब्लडमनी र मृतक परिवारबाट माफिनामा लिएर उनको मृत्युदण्ड माफ हुनसक्ने साउदीको अदालतले भनेको थियो । त्यसका लागि सामाजिक अभियन्ता रायले दिनरात एक गरेर ब्लडमनी र माफीनामा ल्याउन सफल भए ।

सामाजिक अभियन्ता रायले ब्लडमनीका लागि विश्वभर छरिएर रहेका नेपालीहरुलाई गुहार लगाएका थिए । उनले ब्लडमनी संकलन गर्न पनि सफल भए र साथसाथै मृतक पाकिस्तानी नागरिकको परिवारजनबाट पनि माफीनामा ल्याए ।

धनुषाका उमेश यादव १४ वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । त्यहाँसँगै काम गर्ने एक पाकिस्तानी नागरिकको हत्या गरेको आरोप उनीमाथि लागेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ