सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई स्वागत

समाचार

1/20/2020

काठमाडौं, ६ माघ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको छ ।

नेपाल भ्रमणमा रहेका पूर्वमुख्यमन्त्री चाम्लिङलाई प्रतिष्ठानले आफ्नै कार्यालयमा रहेको प्रज्ञा भवनमा कार्यक्रम गरी स्वागत गरेको हा े।

उक्त अवसरमा कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, शताब्दी पुरुष सत्यमोहन जोशीले चाम्लिङलाई दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको उपहार प्रदान गरेका थिए ।

यस्तै, उनलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार दिइएको थियो ।

कार्यक्रममा कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चाम्लिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको चर्चा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ