सीके राउतलाई उपचारको व्यवस्था मिलाउन आग्रह

समाचार

1/8/2019

काठमाडौं, २५ पुस । एशियाली मानवअधिकार आयोगले नेपाल सरकारको हिरासतमा रहेका अभियानकर्मी डा. सीके राउतलाई अत्यावश्यक चिकित्सकिय सेवाबाट वञ्चित गराएकोमा आपत्ति प्रकट गरेको छ ।

राउत केन्द्रीय कारागारमा छन् । आयोगले एक विज्ञप्ती निकालेर डा राउतमाथि आक्रामक गिरफ्तारी, अत्याचार, अनावश्यक अपमान र दुव्र्यवहार गरिएको पनि जनाएको छ ।

राउतको पछिल्लो गिरफ्तारी त्यसैको उदारहण रहेको उल्लेख गर्दै आयोगले उनी १८ पटकसम्म गिरफतार भइसकेको र नेपालको सर्वोच्च अदालत र विशेष अदालतबाट पछिल्लो चरणमा सफाई पनि पाइ सकेको जनाएको छ ।

सरकारको निरन्तर दमनका कारण राउतकी पत्नी र उनका तीन सन्तान तथा परिवारजनको जीवन खतरामा परेको पनि आयोगले आफनो विज्ञप्तीमा उल्लेख गरेको छ ।

डा. राउत आफू पनि मिर्गौलाको समस्याबाट पीडित रहेकाले उनलाई चिकित्सकीय सेवा यथासम्भव आवश्यक परेकाले आयोगले उनको उचित उपचार सुविधा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ ।

आयोगले राउतमाथि भइरहेको यस प्रकारको आधारभूत मानव अधिकारको उल्लंघनको भत्सर्ना गर्दै नेपाल सरकारलाई यस्तो अप्रजातान्त्रिक र गैरसंवैधानिक कदम तत्काल रोक्न आग्रह गरेको छ ।

राउतको आवश्यक उपचार प्रदान गर्न र थुनामुक्त गर्नका लागि उनका टोलीसँग छलफल गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ