काठमाडौं, १७ माघ । नेपाल सरकारले आगामीचैतमा आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका प्रमुख नेताहरुलाई बोलाउन कूटनीतिक प्रयास थालेको छ ।
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदीसहित संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, चिनियाँ प्रधानमन्त्री ली खछियाङ सहित २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको छ ।
सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहभागी गराउन राजनीतिक र कूटनीतिक च्यानलमार्फत प्रयास गरेको छ । चीनबाट उच्चस्तरीय प्रतिनिधि सहभागी हुने आश्वासन सरकारलाई आएको छ ।
सगरमाथा संवादमा जलवायु परिवर्तनले हिमाली र तटीय मुलुकलाई परेको असरबारे छलफल हुनेछ । सचिवालयका अनुसार सरकारले २० देशका कार्यकारी प्रमुख, विज्ञसहित एक सय ५० जना अन्तर्रा्िष्ट्रय सरोकारवालालाई निमन्त्रणा गरेको छ । सरकारी ओहोदामा भएका र नभएका ४० देशमा निमन्त्रणा पुगेको छ ।
तपाईको प्रतिक्रिया