संघीय फोरम संगठन विस्तार

समाचार

1/13/2019

नेपालगञ्ज, २८ पुस । संघीय समाजवादी फोरम नेपाल बाँकेले नेपालगंज उप–महानगरपालिका वडा नं.९ मा बिहिवार भेला सम्पन्न गरेको छ ।

भेला आयोजक समिति संयोजक एवं पार्टी नेतृ अम्विका काफ्लेको अध्यक्षता तथा पार्टी जिल्ला अध्यक्ष कमरुदिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न वडा भेलाले सोमनाथ वर्माको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ ।

भेलामा समाजवादी युवा फोरमका बाँके जिल्ला अध्यक्ष गोपाल क्षेत्री, समाजवादी महिला फोरमकी जिल्ला अध्यक्ष उषा गौतम ,उपाध्यक्ष मिना क्षेत्री र समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष फैज हलवाई लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ