मानव विकास सुचकांकमा पछाडि पर्नु दुःखद

समाचार

1/7/2020

गौर, २२ पुस । रौतहट जिल्ला प्राकृतिक स्रोत साधनको दृष्टिले विकासको प्रचूर अवसर र सम्भावना रहे पनि मानव विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पछाडि रहेको छ ।

देशमै मानव विकास सूचकाङ्क अन्तर्गत सरसफाइ, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा जिल्ला पछाडि रहेकोप्रति जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । मानव विकासको मूलभूत तत्व शिक्षा नै रहेकाले शिक्षाको विकास नहुन्जेलसम्म कुनै क्षेत्रको विकास सम्भव नरहेकाले शिक्षा क्षेत्रमा सम्बन्धित सबै पक्षको ध्यान जानुपर्ने आवश्यकता रहेको बुद्धिजीवी विजयकिशोर झा बताउँछन् ।

उनले मानिस शिक्षित भइ आफैँ त्रमशः सबै क्षेत्रको विकास हुँदै जाने समेत बताए । जिल्लामा सरकारको लगानीको हिसाबले विकास नहुनु तथा यसको मूल कारण जनचेतनाको अभाव, भ्रष्टाचार, कामप्रति उतरदायी नहुनु लगायतका विभिन्न कारणले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा मानव विकासमा त्यत्तिको प्रभाव नपरेको सञ्चारकर्मी प्रभात झा बताउँछन् ।

जिल्ला शिक्षा, सरसफाइ तथा मानव सूचकाङ्कमा पछाडि पर्नुको कारण जनचेतनाको कमी, व्यापक भ्रष्टाचार र स्थानीय जनताको निगरानीमा कमी रहेको तथा जनता जागरुक, शिक्षाको विकास नभएसम्म सबै क्षेत्रको विकास सम्भव नरहेको स्थानीयवासी शशिभूषण श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ