लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

समाचार

12/9/2019

रौतहट, २४ मंसिर । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिन सचेतना अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहरपुरमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

घरेलु तथा लैङ्गिक हिंसा अन्त्य गर्दै हिंसारहित समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले लैङ्गिक हिंसा मानव सभ्यतावितरीत भएको विचार व्यक्त गरे । उनले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साथ र सहयोग चाहिने समेत प्रष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा आयोजित सो कार्यक्रममा रौतहटका नागरिक समाज, व्यापारी, व्यवसायी, अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सञ्चारकर्मी, यातायात मजदुर, सुरक्षाकर्र्मीलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ