सूचना प्रविधिको विकासमा मेलाले टेवा पुर्याउने : पूर्वराष्ट्रपति डा. यादव

समाचार

1/23/2020

वीरगञ्ज, १० पुस । नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्वारा आयोजित क्यान ईन्फाटेक आईटी मेला २०२० उद्घाटन भएको छ ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वराष्ट्रपति यादवले यस २१औं शताब्दीमा सूचना प्रविधि नभइ नहुने विषय बनेको बताएका थिए ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा क्यान महासंघले उल्लेख्य योगदान पुर्याएकाले प्रशंसा गरेका थिए ।

नेपालले सूचना प्रविधिको क्षेत्रमा ठूलै फड्को मार्न नसकेपनि यस्ता खालका आईटि मेलाहरुले नेपालमा सुचना प्रविधिको विकासमा टेवा पुग्ने बताएका थिए । मेलाको उद्घाटन डिजीटल प्रविधीबाट रोबोटका माध्यमले रिबन काटेर गरिएको थियो ।

कार्यक्रमर्मा क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवर, क्यान महासंघका निर्वतमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान महासंघका पुर्वमहासचिव पंकज जलान, वीरगञ्ज महानगरपालिका शिक्षा प्रशासन महाशाखा अध्यक्ष अरविन्द लाल कर्ण, भारतीय दूतावास वीरगञ्जका नितेश कुमार, प्रभुपेका विजय अधिकारी लगायत क्यान महासंघका केन्द्रिय सदस्य तथा प्रदेश २ का जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

बिहीबारबाट प्रारम्भ भएको आईटि मेला आगामी १३ गतेसम्म वीरगञ्जस्थित नगर सभागृहमा जारी रहनेछ ।

मेलामा सूचना प्रविधिसँग सम्बन्धित ६० भन्दा बढी स्टलहरु राखिएको छ । रोबोट वार, साँस्कृतिक प्रस्तुति तथा आईटि सम्मेलन मेलाको मुख्य आकर्षणको रुपमा रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ