संजय यादव राजपामा प्रवेश

समाचार

1/16/2020

काठमाडौं, २ माघ । युवा नेता तथा सामाजिक अभियन्ता संजय यादवको नेतृत्वमा करिब डेढ सय युवा नेताहरू राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, नेता महन्थ ठाकुर लगायतका नेता कार्यकर्ताहरूले नवप्रवेशी यादवसहितलाई फुलमाला तथा अबीर लगाएर स्वागत गरेका छन् ।

युवा नेता यादव मधेशको अधिकारवादी आन्दोलनहरूमा सक्रियरूपमा भूमिका खेल्दै आएका छन् । अध्ययनको क्रममा भारतको नयाँ दिल्लीमा हुँदा यादवले मधेशको आवाजलाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन ‘युनाइटेड मधेशीज अफ नेपाल’ नामक संस्था स्थापना गरेका छन् ।

मधेशको अधिकारका लागि सदैव संघर्ष गर्दै आएको राजपाले मात्र मधेशको मुक्ति दिलाउन सक्ने दाबी गरेका छन् । उनले राजपा नेपाल नै मधेशको वैकल्पिक शक्ति रहेको उनको दाबी छ ।

संविधान संशोधन, सांसद रेशमलाल चौधरीको रिहाइ र आन्दोलनकारीहरूमाथि लागेको झुठा मुद्दा फिर्ता राजपाले मात्र गराउन सक्ने भएकोले राजपा नेपालमा प्रवेश गरेका बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ