सञ्चारकर्मी लक्षित सेयर कारोबारसम्बन्धी प्रशिक्षण

समाचार

5/13/2019

जनकपुरधाम, ३० बैशाख । प्रदेश २ का सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल धितोपत्र बोर्डले जनकपुरधाममा अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

सेयरको कारोबार प्रदेशस्तरमा वृद्धि गराउने उद्देश्यले प्रदेश नं २ लाई लक्षित गरेर पत्रकारहरुलाई सेयर कारोबारको विषयमा प्रशिक्षण दिनुका साथै यसको लगानीका महत्वका बरेमा समाचार सम्प्रेषण गर्नका लागि प्रत्साहित गर्ने उद्देश्यले आयोजना आयोजना गरिएको सो कार्यक्रममा विज्ञहरुले सेयरको कारेबारविना कुनै पनि ठाउँको आर्थिक विकास सम्भव नभएको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश नं २ को आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश नं २ मा पनि सेयरको कारोबार सुरु भएकोमा खुसी व्यक्त गर्दै यसको लाभ लिनका लागि आम जनतासँग आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ