धनगढी, २८ पुस । धनगढी उपमहानगरपालिकाले सडकको मर्मतमा चासो नगदिँदा भित्री सडकहरु जीर्ण बन्दै गएको छ ।
क्याम्पस रोडदेखि शहीदगेट, ब्याम्पस, चोकदेखि कैलाली बहुमुखी क्याम्पस, धनगढी गाउँदेखि घुइँयाघाट, पुरानो सब्जीमन्डीलगायतका रोडको अवस्था दयनीय बनेको छ ।
यसैगरी धनगढी बजारस्थित मुख्य रोड पनि जिल्ला प्रशासन कार्यालयदेखि पूर्वक्याम्पस चोकसम्म विभिन्न ठाउँमा भत्किएको छ ।
उपमहानगरभित्रका सडक जीर्ण बनेपछि आवतजावतमा कठिनाइ भएको छ । मुख्य रोडमा सवारी साधनको चाप घटाउनका लागि विकल्पका रुपमा रहेको क्याम्पस रोडदेखि शहिदगेटसम्मका रोड झनै बिग्रेको छ । विभिन्न ठाउँमा ठुल्ठूला खाल्डाखुल्डी भइसकेको यो रोडमा दैनिक दुर्घटना हुने गरेको बताएको छ ।
जीर्ण बनेका रोडमा खाल्डाखुल्डीले त समस्या छ नै । पानी परेपछि हिलाम्य भएर समस्या झनै थपिने गरेको नगरवासीको भनाइ छ । हिउँदै वर्षाले सडक हिलाम्य भएपछि बाटोमा हिड्न समस्या भएको तारानगरमा किराना पसल सञ्चालन गरिरहनुभएका हिरन साउदले बताए ।
तपाईको प्रतिक्रिया