मणि प्रसाद गैह्रे, कपिलवस्तु, १७ माघ । यशोधरा गाउँपालिका वडा नं ३ बडिलहवामा आर्थिक वर्ष २०७४/७५ मा निर्माण भएको सडकको सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।
मुल सडक देखी उत्तर दक्षिण पि.सि.सि ढलान उपभोक्ता समितिले निर्माण गरेको सडकको सामाजिक परिक्षण गरिएको हो । समितिले गाउँपालिको बजेटवाट मिटरको सडक पि.सि.सि गरिएको थियो । उक्त समितिल गाउँपालिकाको बजेट १२ लाख ६१ हजार र अन्य उपभोत्ताको गरी १४ लाख १ हजार को बजेटमा ५ सय २६ मिटर सडक पि सि सि कार्य सम्पन्न गरेको थियो ।
सामाजिक परिक्षण कार्यक्रममा स्थानीय उपभोत्त मदन कंहारले उपभोत्ता समिति गठन , कार्य विवरण, अनुगमन, मुल्याकन र रकम प्राप्ती र खर्च विवरणको बारेमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा वोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले उपभोत्ता वाट सामाजिक परिक्षण हुनु सरहानिय कुरा भएको बताए । गाउंपालिकाले उपभोत्ता लाई बजेट दिने हुँदा त्यसको रेखदेख र सदुपयोग गर्ने जिम्मा पनि स्थानीय उपभोत्ताको रहेको हुंदा पारदर्शिता कायम हुनेमा उनको जोड थियो । अन्य वडामा पनि यस्तो अभ्यास गर्नुपर्नेमा उनले बताउनु साथै कार्यान्वयनमा जोड दिने बताए ।
सो अवसरमा वडा अध्यक्ष सरिता त्रिपाठी, वडा नं ४ का अध्यक्ष पारसनाथ कुर्मी, वडा नं ६ का अध्यक्ष श्यामनारायण उपाध्ययाय,युनाइटेड मिसन टु नेपालमा अरुण वेल्बासे,कृष्ण धार्मीक माविका प्रधानध्यापक रामजियावन यादव लगायतले शुसासनको बारेमा बोलेका थिए ।
यु एम एन र कपिलवस्तु संस्थागत विकास समितिको सहयोगमा सामाजिक परिक्षण सम्पन्न भएको थियो । समितिका अध्यक्ष रामदिन मुराउको अध्यक्षता र निलम पासीको स्वागतमा भएको कार्यक्रममा १ सय ५० बढिको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया