सडकमा प्रहरीको उपस्थिति न्यूनिकरण गरिने : प्रहरी महानिरीक्षक

समाचार

3/15/2019

झापा, ३० फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था अन्त्य गर्न प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।

उक्त कुरा प्रहरी महानिरीक्षक खनालले झापाको बिर्तामोडमा बिहीबार आयोजित एक समारोहबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै बताएका हुन् ।

साथै उनले प्रतिकात्मकरुपमा प्रदेश १ का ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ समेत गरे ।

उक्त अवसरमा साहारा नेपाल नामक संस्थाको अगुवाईमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजरर १० वटा सवारी साधन ह्विवललक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरीको सडकमा उपस्थिति सम्बन्धी वस्तुस्थिति प्रस्तुत गर्दै विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको छ भने हाम्रो जस्तो मुलुकमा प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था छ भने ।

प्रविधिको प्रयोग सँगसँगै सडकमा उपस्थित हुने प्रहरी क्रमशः घट्दै गई सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास उनले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ