वीरगंज, ६ असार । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहामा एक समारोहका बिच सडक तथा नाला शिलान्यास गरिएको छ ।
नगरपालिकाको वडा नं. ३ स्थित रामजानकी मन्दिर परिसर अगाडि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले शिलान्यास गरेका हुन् ।
नगरपालिकाको नगरदाहा देखि डकैलाबहुअरी सम्म बन्न लागेको कालोपत्रे सडक तथा नालाको शिलान्यास गर्नु हुदै प्रमुख अतिथि नेता चौरसियाले वीरगंज दखि थरूहटलाई जोडने सडक भएकोले तोकिएको समय भित्र गुणस्तरिय रूपमा काम पुरा हुने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया