सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

समाचार

2/25/2019

चितवन, १२ फागुन । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सनराईज इङलिस बोर्डिङ्ग स्कुलमा सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

भविष्यका कर्णधार विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि गराई सम्भावित दुर्घटनाबाट जोगाउन एवं राष्ट्र र समाजप्रति नागरिकको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा सवारी दुर्घटनाका कारणहरु, Blind Spot र सुरक्षित सडक प्रयोग विधि सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा उक्त स्कुलका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ