काठमाडौं, ८ पुस । सुडि समाज काठमाडौंमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार काठमाडौंमा भएको साधारणसभाबाट रामकृष्ण निरालाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएको हो ।
यसैगरी, समाजको उपाध्यक्षद्वयमा डा. अशोक महासेठ र ई.उमाशंकर साह, महासचिव डा.रामानन्दन प्रसाद चौधरी, सचिव रेणुका साह, कोषाध्यक्ष आशा साह र सहकोषाध्यक्ष जगदिश साह चयन भएका हुन् ।
यस्तै, सदस्यहरु राजकुमार पंजियार, सरिता महासेठ, शंकर साह, अजयकुमार साह, पुनम पंजियार, विनोद महासेठ र प्रभा बस्नेत रहेका छन् ।
साधारण सभाले ई.रामस्वरुप महासेठको संयोजकत्वमा १५ सदस्यीय युवा कमिटीसमेत गठन गरेको हो ।
सुडि समाजको साधारण सभामा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतो, सांसद जुली महासेठ लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया