महोत्तरी, २७ फागुन । जीवनयापनका लागि पालेको गाईवस्तुका लागि जोगाएर राखेको घाँसपात एवं चारा खाइदिएको साढेमाथि हतियार प्रहार गर्दा एकडारा गाउँपालिका ५ बहेडाका ईन्दल महरा चमारलाई थुनामा पठाइएको छ ।
प्रहरीले खुल्ला रुपमा घुम्ने साढेको तीनवटा खुट्टामा धारिलो हतियार प्रहार गरेको आरोपमा चमारलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत महोत्तरीले साढेलाई अंगभंग गरेको आरोप लागेका चमारलाई सात दिनको हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चार दिन अगाडि चमारले विहान ९ बजे घाँसपात तथा चारा खाइदिएको रिसमा साढेमाथि धारिलो हतियार प्रहार गरेको थियो ।
तपाईको प्रतिक्रिया