साढे २० किलो गाँजासहित पक्राउ

समाचार

1/15/2019

पर्सा, १ माघ । वीरगंज महानगरपालिका–११ श्रीपुरबाट बिन्दबासिनी गाउँपालिका–७ बस्ने २१ वर्षीय उपेन्द्र दासलाई करिब २० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित खटिएको प्रहरीले ना.४० प ४२५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोरामा लोड गरी ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकल सहित दासलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ