हावाहुरी प्रभावितलाई झापाका स्थानीय तहको २३ लाख सहयोग

समाचार

4/4/2019

भद्रपुर, (झापा), २१ चैत । बारा र पर्सामा आएको विनाशकारी चक्रपातबाट प्रभावित परिवारजनलाई झापाका स्थानीय तहले २३ लाख रुपैयाँ नगद सहयोग गर्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले सो निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार झापाका १५ वटा स्थानीय तहमध्ये ७ वटा गाउँपालिका कम्तिमा एक÷एक लाख र ८ वटा नगरपालिकाले कम्तिमा दुई÷दुई लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ । सो नगद रकम बारास्थित जिल्ला विपद व्यवस्थापन समितिको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा सिधै पठाइने निर्णय भएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ