प्रदेश सरकारलाई पुनः स्थापना गृह हस्तान्तरण

समाचार

2/12/2020

विराटनगर, २९ माघ । प्रदेश १ सरकारले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनःस्थापना गृह सञ्चालनमा ल्याएको छ ।

सबैभन्दा पहिले प्रदेश घरेलु हिंसासम्बन्धी ऐन ल्याएको प्रदेश १ सरकारले सो ऐन कार्यान्वयनका क्रममा हिंसामा परेको महिलाको व्यवस्थापन गर्न सरकारले यस्तो पुनस्र्थापना गृह सञ्चालनमा ल्याएको हो ।

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रदेश सरकारलाई पुनस्र्थापना गृह हस्तान्तरण गरेको हो ।

पुनस्र्थापना गृहको उद्घाटन गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमर भण्डारीले महिलामाथि हुने हिंसा र उनीहरुको न्यायमा सहज पहुँच स्थापित गर्न दिर्घकालीन पुनस्थापना केन्द्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ