सुदूरपश्चिममा पर्यटकको घुँइचो

समाचार

1/9/2020

धनगढी, २४ पुस । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ ।

भ्रमण वर्ष सुरु भएपछिको ६ दिनमा सुदूरपश्चिमका तीनवटा नाकाबाट ५ हजार एक सय ५८ जना भारतीय पर्यटक नेपाल आएका छन् ।

केही दिन पहिले पहाडी क्षेत्रमा परेको हिउँ हेर्न धेरै भारतीय पर्यटक आएको तथ्यांक अधिकारीहरुले जनाएका छन् ।

पर्यटकहरूको चहलपहल बढेपछि सुदुरपश्चिमका होटेल–व्यवसायीहरु पनि उत्साहित भएका छन् । पर्यटकहरूको आगमनले उत्साह बढाएको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ