सुदूरपश्चिम प्रदेशमा कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्र स्थापना

समाचार

10/26/2018

कैलाली, ८ कार्तिक । सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।

कृषि ज्ञान केन्द्र अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र कञ्चनपुरमा स्थापना गरिएको छ । कञ्चनपुरको केन्द्रले कैलाली, डडेलधुराको केन्द्रले डोटी र बैतडीको केन्द्रले दार्चुला हेर्ने गरी कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको हो ।

यस्तै पशु सेवाविज्ञ केन्द्र बैतडी, डडेलधुरा, कञ्चनपुर, बाजुरा र बझाङमा स्थापना गरिएको छ । बैतडीले दार्चुला, बाजुराले अछाम, डडेलधुराले डोटी र कञ्चनपुरले कैलालीलाई हेर्ने गरी कार्यालय स्थापना भएको बताइएको छ ।

स्थापित कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको खटनपटन हुन नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन् । विगतमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कृषि विकास र जिल्ला पशु सेवा कार्यालय थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ