काठमाडौं, २८ चैत । श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारबाट सहायक रथी विज्ञान देव पाण्डेले सम्हालेका छन् ।
सहायक रथी याम प्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच पाण्डेलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि निवर्तमान प्रवक्ता सहायक रथी ढकालले आभार प्रकट गरेका छन् ।
पाण्डेको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ ।
तपाईको प्रतिक्रिया