सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिन्छ : प्रधानमन्त्री

समाचार

3/4/2019

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् ।

सेना दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अंगका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार कामगर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।

“नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्य परायणताको प्रशंसा गर्दछु ।”

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा प्राकृतिक विपत्तिहरुका वखत उच्च हौसला, जोश र सेवाभावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले विगतमाझैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको सन्देशमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ