वीरगञ्ज, १४ फागुन । संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा भएको ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटी) सम्पन्न भएको छ ।
वीरगञ्जस्थित काभेरी एकेडमीमा मङ्गलबार एक कार्यक्रम बीच ३ दिने पुनस् प्रयोग्य सेनेटरी प्याड बनाउने टिओटी र महिनावारी तथा प्रजनन स्वास्थ्य बारे अभिमुखीकरण सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महिलाहरुको क्षमता बिकास भएमा समाज आफै बिकास हुने बताए ।
प्रजनन स्वास्थ्य तथा महिनावारीका विषयमा अब समाजमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना गर्नुपर्ने बताउँदै नगर प्रमुख सरावगीले यसको शुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख सरावगीले संस्कृतिले गर्ने हरेक क्रियाकलाप सह्रायिन भएको हुँदा आगामी कार्यक्रमहरुमा महानगरपालिकाले पनि सहकार्य गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।
समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले प्रशिक्षण दिनुभएको टिओटीमा २० महिला र युवाहरुको सहभागिता रहेको संस्कृतीका किरण गिरीले बताइन् ।
उनले तालिममा सहभागीहरुलाई कपडाबाट प्याड बनाउने प्रक्रियाका बारेमा सिकाउनका साथ महिनावारी र प्रजनन स्वास्थ्यबारे विभिन्न विषयमा जानकारी समेत गराईएको बताइन् ।
तपाईको प्रतिक्रिया