सन्त उमाकान्तजी महाराज पशुपतिनाथ मन्दिर आउँदै

समाचार

11/1/2018

काठमाडौं, १५ कार्तिक । विख्यात सन्त बाबा जयगुरुदेव महाराजका अध्यात्मिक उत्तराधिकारी बाबा उमाकान्त महाराज भोली शुक्रबार पशुपतिनाथ मन्दिर आउँदैछन् ।

पशुपतिनाथ मन्दिरमा शुक्रबारदेखि शनिबारसम्म हुने उज्जैन आश्रमदेखि नाम योग साधना, सुमिरन ध्यान भजन तथा सत्संग र नामदान दिनका लागि विभिन्न कार्यक्रमहरु तय भएको छ ।

पशुपतिनाथ मनिदर परिसर हंश मण्डपमा शुक्रबार र शनिबार बिहान ६ र दिउँसो ३ बजे प्रार्थना, ध्यान र भजन कार्यक्रम हुने जनाइएको छ ।

देश विदेशमा साकाहार, सदाचार, नशामुक्ति एवं आत्मवादको अलख जगाएर मानिसहरुको दुःख समस्याहरुको निदान गरी सुख, शान्ति, समृद्धिको बाटो बताउनका लागि बाबा उमाकान्त महाराज आउन लागेका हुन् ।

महाराजको सत्संग सुन्नाले, दर्शन गर्नाले, आफ्नो कुरा भनिदिनाले रोग विरामी, घरको लडाई झगडा जस्ता समस्याहरुको निदान हुने र समृद्धि आउने बताइन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ