सुनसरी, २१ जेठ । ईनरुवा नगरपालिका ६ मगरटोल बस्ने नारायण साहको गोठमा मंगलबार बिहान आगलागी भएको छ ।
आगलागी हुँदा गोठ, साइकल ४ थान, अन्नपात, लुगा सिलाउने मेशिन १ थान र पानी तान्ने मोटर १ थान पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया