सुनसरी, १९ माघ । रामधुनी नगरपालिका–२ कृषि फर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाइस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी हाइस चालक धादिङ बैरेनी–३ बस्ने दिपक खड्का, हाईसमा सवार झापा भद्रपुर–५ बस्ने ६८ वर्षीया डोल कुमारी कोईराला र उनका श्रीमान हेमराज कोईरालाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका झापा चन्द्रगडी बस्ने १८ वर्षीया गरीमा गौतम समेत २ जनाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा घाइते भएका अन्य १५ जनालाई उपचारका लागि एपेक्स अस्पताल ईटहरीतर्फ पठाइएको छ ।
हाल फरार उक्त बसका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया