सुनसहित छ जना पक्राउ

समाचार

1/13/2019

सिरहा, २८ पुस । एपीएफ टोलीले शनिबार बिहान सिरहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।

त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ