साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

समाचार

12/30/2018

बुटवल, १४ पुस । साना किसान कृषि सहकारी संस्था लि. तिलोत्तमा १४ टिकुलीगढ रुपन्देहीले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष अनरजीत थारुको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाकी बरिष्ठ साहायक सुचिता घिमिरेको विशिष्ठ आतिथ्यतामा संस्थाको प्रधान कार्यालयमा टिकुलीगढमा सम्पन्न गरेको हो ।

संस्थाकी प्रवन्धक रिता घिमिरेले सञ्चालन गरेको उक्त साधारण स्वागत मन्तव्य राख्दै उपाध्यक्ष लिला देवी छन्तेलले सहकारीले साना किसानहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखिन ।

त्यसैगरी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समीति संयोजक तुल्सीराम पाण्डेले १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर १४ प्रतिशतमा लगानी गर्नुले संस्था सञ्चालनमा आर्थिक अभावको अवस्था सृजना हुन सक्ने औल्याउँदै कम ब्याजदरमा कर्जा लिएर सहुलियतमा किसानहरुलाई कर्जा प्रवाह गर्ने व्यवस्थाको खोजी गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ