सप्तरी, ७ कार्तिक । प्रदेश २ का प्रहरी प्रमुख दिनेश अमात्यले काचनमा नवनिर्मित प्रहरी भवनको एक समाहरोहबीच उद्घाटन गरेका छन् ।
बोदेबरसाईन नगरपालिका वडा नम्बर ८ स्थित काचनमा नगरपालिकाको सहयोगमा ३५ लाखको लगानीमा ४ कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
सो अवसरमा प्रहरी नायब महानिरिक्षक दिनेश अमात्यले जनतामैत्री प्रहरी सेवा दिन प्रहरी प्रतिबद्ध रहेको बताउँदै नागरिक र प्रहरी बिचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा पूर्वमंत्री तथा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव जनतालाई अनुभूति गराउने निकाय प्रहरी रहेकोले जनतालाई सहज सेवा दिनुपर्ने बताए ।
उनले भने, ‘बोदेबरसाईन नपा विकट नगरपालिकामध्ये एक भएकोले ४३ वर्षको प्रयास पछि काचनमा प्रहरी चौकी स्थापित गर्न सफल भएको बताए ।
सो अवसरमा बरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिंहले भने, ‘धेरै दिनको प्रयासपछि भवन निर्माण गर्न सफल भएका छौं ।’ ईलाका ठुलो भएकोले प्रहरीको सेवालाई सहज बनाउन नयाँ गाडी उपलब्ध गराउनुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनताको सहभागिता बिना प्रहरीको सेवा असम्भव रहेकोले जनतासँग प्रहरी काँधमा काँध मिलाएर अपराधलाई निरूत्साहित गर्नुपर्ने बताए ।
सो अवसरमा सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्टले सुरक्षा बिना बिकास सम्भव नरहेको जस्तै जनताको सहयोग बिना शान्ति सुरक्षा दिन सकिँदैन, बताउदै सुरक्षा बिषयलाई सहज बनाउन स्थानीय निकायको सहयोग आबश्यक रहेको बताए ।
उनले अबैध मदिरा, अबैध गाजा बोट समाजका किरालाई नियन्त्रण गर्न स्थानीय सरकार सक्रिय हुनु जरूरी रहेको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासँघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नागरिक समाजका थानसिँह भंसाली, वडा नम्वर ८ का अध्यक्ष लक्ष्मी साह लगायतले शान्ति सुरक्षालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया