सप्तरीमा आगलागीबाट २० लाखको क्षति

समाचार

12/17/2018

सप्तरी, २ पुस । गोठघरमा बालेको घुरबाट आगलागी हुँदा २० लाखको क्षति भएको छ ।

कोईलाडी गाउँपालिका–१ बेल्ही बस्ने विजयकुमार रायको गोठघरमा बालेको घुरबाट आगो सल्कीएर सोमबार बिहान आगलागी हुँदा ६ वटा घर, अन्नपात, लत्ताकपडा, ११ चौपाया जलेर गरी करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ