सप्तरी, २ चैत । सप्तरी दुई छुट्टाछुट्टै ठाउँमा शनिबार आगलागी हुँदा २७ लाखभन्दा बढीको क्षति भएको छ ।
सुरुङगा नगरपालिका–९ टिकुलीयास्थित प्रमाणपुर टोल बस्ने बद्री मण्डलको एकतले घरमा शनिबार बिहान आगलागी हुँदा उक्त आगलागी फैलिएर नजिकै रहेका अन्य ८ वटा घर समेत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी, सप्तकोशी नगरपालिका–१० बस्ने रामकुमार मगरको घरमा खाना पकाउने चुलोबाट आगो सल्कन गई शनिबार बिहान आगलागी हुँदा घर तथा गोठ समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया