सप्तरी, ६ असार । अग्नीसाईर कृष्णासवरण गाउँपालिका १ घोघीदहस्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
ना.१ ख ७९२८ नम्बरको ट्रक र बा. ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक झापा बुधबारे गाउँपालिका १ बस्ने २६ वर्षीय प्रतिक ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानतर्फ जाँदै गरेको ठेलालाई समेत ठक्कर दिंदा ठेला चालक सप्तरी अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ बेलहा बस्ने ५० वर्षीय राजेन्द्र दास घाइते भएका छन् ।
दासलाई उपचारका लागि स्थानीय धरमेश्वर अस्पताल ठेलियामा पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरेहको छ ।
तपाईको प्रतिक्रिया