सप्तरीमा सशस्त्रको बीओपी स्थापना

समाचार

2/3/2020

राजविराज, २० माघ । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बोर्डर आउट पोष्टको उद्घाटन गरे ।

बोदेबरसाईन–५ मा बीओपी स्थापना भएसँगै सप्तरीमा सशस्त्र प्रहरीको ७ वटा बीओपी भएको छ । अझै २ वटा थपेर ९ वटा र्पुयाउने लक्ष्य राखिएको छ ।

सप्तरीकै जोगनिया र बेलीमा बीओपी स्थापना गर्ने निर्णय भइसकेको छ । त्यसका लागि जग्गाको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रका सुरक्षालाई प्रभावकारी बनाउन र चोरी तस्करी नियन्त्रणका लागिसीमा क्षेत्रमा बीओपी थप गर्न लागेको छ ।

आवश्यकता अनुसार प्रदेश नं २ का अन्य जिल्लामा पनि बीओपी स्थापना हुने सशस्त्र प्रहरीको भनाइ छ । बीओपी स्थापनापछि सीमा क्षेत्रको सुरक्षा मजबुत हुने र चोरी तस्करीमा कमी आउने दावी सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ