सप्तरी, १५ बैशाख । डाकनेश्वरी नगरपालिका–३ स्थित आइतबार बिहान आएको हावाहुरीका कारण करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
हावाहुरीबाट सोही स्थान बस्ने महेन्द्र रायको कुखराको फर्म क्षति हुँदा ३ लाख रुपैयाँ, महेन्द्र सदाको घर लडेर २ लाख ५० हजार रुपैयाँ र राजेन्द्र साहको घर लडेर २ लाख रयपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयसमेतबाट प्रहरी टोली खटि गई आवश्यक उद्दार कार्य गरिरहेको छ ।
तपाईको प्रतिक्रिया