रौतहट, १५ चैत्र । जिल्लाको ईशनाथ नगरपालिका ४ मठियाबाट प्रहरीले ठूलो परिमाणमा रक्सीसहित एउटा भारतीय नम्बरको बोलेरो गाडी पक्राउ गरेका छन् ।
सीमावर्ती क्षेत्रमा प्रहरी यूनिट हुदा हुदै जिल्ला प्रहरी कार्यालय गौरबाट खटि गएको टोलीले उक्त परिमाण बरावरको रक्सी समातेको हो । नेपाल भारत सिमामा रहेका प्रहरी चौकीका इन्चार्जको सहयोगमा तस्करीको कार्य भैरहेको प्रहरीको कार्यवाट नै पुस्टि भैरहेको छ ।
विहारमा रक्सी प्रतिबन्ध भए पछि नेपालमा उत्पादित सौफी, कस्तूरी नामक रक्सी भारतमा तस्करी हुने गरेको र त्यसको संरक्षण नेपालका सुक्षाकर्मी गर्दै आएको छ । मठिया गौर देखि १० किलो मीटरको दुरीमा रहेका छन् ।
तपाईको प्रतिक्रिया