पर्सा, २८ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको विकासमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
प्रदेश २ सरकार र निजी क्षेत्र सल्लाहकार समितिको दोश्रो दिन वीरगन्जमा सम्पन्न बैठकमा उनले सो कुरा बताएका हुन् ।
उनले एकैचोटी सबै क्षेत्रमा हात नहाली कुनै एक विषयलाई प्राथमिकता दिई पहिलो चरणको विकास कार्यमा लाग्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सरकारी र निजी क्षेत्र मिलेर हातेमालो गरी विकासका कार्यमा सहयोग पु¥याउन सके विकासका लक्ष्यहरु पूरा हुने दावी गरेका छन् ।
यस्तै, उद्योग, वन तथा पर्यटनमन्त्री राम नरेश रायले उद्योगको विकास विना प्रदेश समृद्ध हुनै नसक्ने ठोकुवा गरे । उद्योगको विकासमा थप टेवा पु¥याउन एउटा समिति बनाएर जानुपर्ने धारणा समेत राखे ।
त्यस्तै, कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका प्रमुख लाल किशोर साहले प्रदेश समृद्ध बनाउन कृषि र वनको विकासमा सबै केन्द्रित हुनुपर्ने बताएका छन् ।
दुई दिनसम्म चलेको सो कार्यक्रममा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष हरिवंश झा, विपक्षी दलका नेता राम सरोज यादव सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया