राजविराज, २३ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात भएको विरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।
डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको थियो ।
मेयरमाथि भएको हमलाको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको हो ।
मेयरमाथि हमला गर्ने व्यक्तिलाई कारवाही प्रक्रिया अगाडि नबढाए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।
तपाईको प्रतिक्रिया