बारा, १६ माघ । बारा जिल्लाभित्र सञ्चालन भएका नदीजन्य उत्खनन बन्द भएको छ । जिल्ला अनुगमन समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनविपरीत नदीजन्य उत्खनन् भएको भन्दै तत्काल उत्खनन् रोक्न सम्बन्धित पालिकाहरूलाई निर्देशन दिएको थियो ।
अनुगमन समितिको निर्देशनअनुसार उत्खनन कार्य बन्द भएको हो ।
बारा जिल्लाभित्र रहेका उत्खनन् हुने पाँचवटा खोलाहरूमा दुधौरा, वालगंगा र पसाहा जीतपुरसिमरा उपमहानगरअन्तर्गत पर्दछ भने बकैया र धन्सार खोला कोहल्वी र निजगढ नगरपालिकाअन्तर्गत छ ।
मापदण्डविपरीत नदीजन्य उत्खनन् भएको भन्दै जिल्ला अनुगमन समिति यसअघि पनि पटकपटक जीतपुर सिमरालाई निर्देशन दिएको थियो ।
तर नगरपालिकाले अनुगमन समितिको निर्देशनलाई अटेर गरेर ‘राजस्व मर्ने’ नाममा ठेकदारलाई प्रोत्साहन गरिरहेको स्वयं वडाध्यक्षहरूले जनाएका थिए । बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले अनुगमन समितिको निर्देशनअनुसार खोलामा उत्खनन् रोकिएको बताए ।
तपाईको प्रतिक्रिया