काठमाडौं, १४ माघ । जसले धनुषाका उमेश यादवलाई मृत्युको मुखबाट जोगए, सामाजिक अभियन्ता सरोजलाई नागरिक अभिनन्दन गरिने भएको छ ।
भोर नामक सामाजिक संस्थाले अभियन्ता रायलाई आगामी शनिबार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बिहान ७ बजे नागरिक अभिनन्दन गर्दैछ ।
भोरका अध्यक्ष राजकुमार महतो भन्छन्, ‘सरोज रायजीको उमेश यादवजीको जीवन रक्षा जस्तो पुनित तथा मानवीय कार्यको सराहना गर्दै उहाँको नागरिक अभिनन्दन गर्ने सोच आएको छ ।’
भोर र अभियन्ता सम्मलेन २०२० ले यसको पहल र संयोजन गर्दैछ ।
तपाईको प्रतिक्रिया