सामाजिक अभियन्ता सरोज रायको नागरिक अभिनन्दन भोली

समाचार

1/28/2020

काठमाडौं, १४ माघ । सामाजिक अभियन्ता सरोज रायको शनिबार हुने भनिएको नागरिक अभिनन्दन भोली बुधबार नै हुने भएको छ ।

नागरिक अभिनन्दन भोली बुधबार दिनको २.०० बजे जानकी मन्दिर प्राङ्गण, जनकपुरधाम, प्रदेश २ मा हुने कार्यक्रम तय भएको भोरका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।

‘सरोजजीलाई उमेशजी जस्तै अर्को मिसनको लागि पर्सि, बिहिवार बंगलादेश जानु पर्ने भएकोले उहाँको नागरिक अभिनन्दन समारोह भोली सारिएको हो ।’ भोरका अध्यक्ष महतोले मधेशवाणीलाई बताएका हुन् ।

यस अवसरमा सम्पूर्ण न्यायप्रेमी, परोपकारी तथा मनकारी व्यक्तित्वहरुका साथै सम्पुर्ण संचारकर्मीहरुलाई सहभागी भई सरोजको पुनित तथा मानवीय कार्यको सराहना गर्दै उनीलगायत सम्पूर्ण अभियन्ता समाजसेवीको मनोबल बढाई दिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ