जनकपुरधाम, ३ फागुन । आमा बुबाको पुजन गर्ने यस दिवसलाई आदर्श चरित्र निर्माण दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
जनकपुरधाम १२ को हनुमाननगर स्थित राधाकृष्ण योग सेवा केन्द्रको आयोजनामा आदर्श आमा बुबाको दिव्य पूजन समारोहमा बोल्दै उनले आफूभन्दा ज्येष्ठलाई सम्मान तथा सानालाई आशीर्वाद दिने जस्ता सस्कारको क्रम बृद्धि हुन सके समाजमा असल चरित्र निर्माण हुने बताए । साथै उनले माता पिताको कहिल्यै पनि चित्त दुखाउन नहुने धारणा राख्दै आमा बुबालाई श्रद्धापुर्वक सम्मान तथा पुजा गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा अध्यक्षता गरेका योग गुरु बिनय भाईले माता पितालाई अनादर गर्न नहुने भन्दै सम्मान गर्न श्रवणकुमारबाट हामीले पाठ सिक्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा बृद्धा आश्रमका बृद्धाहरुलाई पूजा तथा सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया