सम्झौता कार्यान्वयन नभएको डा.केसीको गुनासो

समाचार

12/3/2018

धनगढी, १६ मंसिर । प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा केसीले भने, “डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापनाको पहल गर्नुपर्छ ।”

डा केसी बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न केही दिनअघि सुदूरपश्चिम प्रदेश आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ