वीरगन्ज, १९ वैशाख । महिला कामदारसँग विभेद भएको भन्दै पटेर्वासुगौलीका महिलाले ज्यालामा विद्यमान असमानता लगायत विभिन्न माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएका छन् ।
भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च र महिला कृषक समूह पटेर्वासुगौलीमा आवद्ध महिलाले ९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन् । हरेक वडामा ज्याला निर्धारण समिति सहितको संयन्त्र खडा गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
दिव्य युवा क्लबका प्रमुख रामाकान्त पटेल पटेर्वा सुगौलीमा झण्डै एक साता श्रमिक महिलाहरुसँग छलफल गरेर ज्ञापनपत्र तयार पारिएको बताए । ज्ञापनपत्र बुझ्दै उप प्रमुख महतोले ज्ञापनपत्रमा उठाएका सवालहरुमा बोर्डमा छलफल गरेर अगाडि बढ्ने आश्वासन दिइन् ।
तपाईको प्रतिक्रिया